आँधीका कारण जापानमा दुई जनाको ज्यान गयो


९ आश्विन २०७९, आईतवार १०:५८ मा प्रकाशित

काठमाडौं । जापानको शिजुओका प्रिफेक्चरमा आएको आँधी टालासका कारण दुई जनाको ज्यान गएको छ।

काकेगावा, शिजुओका प्रिफेक्चरमा आफ्नो घर पहिरोमा परेर ४० वर्षका एक व्यक्तिको ज्यान गएको र अर्का २९ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको क्योडो न्युजले उल्लेख गरेको छ ।

झन्डै एक लाख २० हजार घरधुरीमा बिजुली अवरुद्ध भएको छ ।

राजधानी टोकियोसहित मध्य, पूर्वी र उत्तरी जापानमा उच्च छाल, भारी वर्षा, पहिरो र बाढीको चेतावनी जारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here