धादिङ । गल्छी गाउँपालिका वडा नम्बर-६, बाझगाउँमा यात्रु बाेकेकाे जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ५ पुगेकाे छ ।
दुर्घटनामा घाइते भएकामध्ये गल्छी गाउँपालिका-४ की २१ वर्षीया सबिता अधिकारीकाे उपचारका लागि काठमाण्डाै लैजाँदै गर्दा बाटाेमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।दुर्घटनामा गल्छी गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर-६ की ३० वर्षीया कान्छी भुजेल र २५ वर्षीया नानु तामाङकाे घटनास्थलमै ज्यान गएकाे थियाे ।
प्रहरीका अनुसार स्थानीय कार्कीडाँडाबाट खचाखच यात्रु र तरकारी हालेर बैरैनी बजारतिर जाँदै गरेको गरेको बा १८ च ९४०८ नम्बरको जीप शुक्रबार १२ बजे कच्ची सडकबाट पल्टिएर दुर्घटना भएकाे थियाे।दुर्घटनामा ११ जना घाईते भएका छन् ।





