चितवनबाट ४१ जना बालबालिकाको उद्धार


६ असार २०७६, शुक्रबार ०८:४१ मा प्रकाशित

चितवन । राप्ती नगरपालिका–१३ का ४१ बालबालिकाको उद्धार गरिएको छ। उनीहरुको जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उद्धार गरेको हो ।

पहाडी क्षेत्रका चेपाङ बालबालिकालाई अन्यत्र लैजाँदै गर्दा गोन्द्राङ प्रहरीले उद्धार गरेको हो।बालबालिकालाई निःशुल्क पढाउने भनी अभिभावकलाई प्रलोभनमा पारी लगिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। बालबालिकालाई लान प्रयोग गरिएको ग २ च ३६५७ र ग २ च १३६९ नम्बरको जिप र ६ जनालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेकाहरुले अभिभावकको अनुमतिमा गोरखाको सिरानचोकमा रहेको भद्रशील आधारभुत विद्यालयमा पढाउन लगिएको दाबी गरेका छन्।उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here