एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक जना प्रहरीको नियन्त्रणमा


४ आश्विन २०७९, मंगलवार १४:२६ मा प्रकाशित

काठमाडौँ । पोखरा महानगरपालिका ६ लेकसाइड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाल छन् ।

एक थान खुकुरी सहित उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here