चामलको मूल्य बोरामै २ सय रुपैयाँसम्म वृद्धि


४ आश्विन २०७९, मंगलवार १४:०५ मा प्रकाशित

काठमाडौं । भारतले निर्यातमा कर बढाएको बहानामा नेपाली व्यवसायीले बजारमा चामलको खुद्रा मूल्य किलोमा ८ र बोरामा २ सय रुपैयाँसम्मले बढाएका छन् ।
१० दिन पहिले १७ सय ५० रुपैयाँमा पाइने २५ किलोको जिरा मसिनो चामलको मूल्य अहिले १९ सय ५० देखि २ हजार रुपैयाँसम्म पुर्‍याइएको संघका सहकोषध्यक्ष ध्रुब अधिकारीले बताउनुृ भएको छ ।

धान चामल धेरै आयात हुने भन्सार कार्यालयहरुका अनुसार गत २३ भदौमा भारतले धान चामल निर्यातमा कर वृद्धि गरेपछि यस्ता वस्तुको आयात घटेको छ । केही भन्सारबाट आयात न्यून मात्रामा भए पनि केहीमा शून्य नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here