अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको कानुनमन्त्री कोइरालाको भनाई


४ आश्विन २०७९, मंगलवार १५:११ मा प्रकाशित

झापा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानून अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताउनुभएको छ ।

मंगलबार एड्भोकेशी फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कोइरालाले दलहरुबीच सहमति हुन नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी बिधेयक अघि बढ्न नसकेको भन्दै अध्यादेशबाट अघि बढाउने कुरा हल्ला मात्र भएको बताउनुभयो ।

उहाले निर्वाचनपछि बन्ने सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अहिलको स्वरुपमा अघि बढाउनेमा आफु ढुक्क रहेको धारणा राख्नुभयो ।

संक्रमणकालीन न्यायसम्बन्धी कानून निर्माणमा केहि ढिलाई मात्र भएकाले निराश हुनुपर्ने अवस्था नरहेको उहाको भनाई छ ।

उहाले इतिहासको बिषय भएका कारण सवै पीडितको सत्य न्याय र परिपुरणको अधिकारको सुनिश्चीत गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै मन्त्री कोईरालाले सरकारले बिभिन्न मापदण्डका आधारमा द्धन्दपीडितको बर्गिकरण गरिएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here