बिर्तामोड ब‌ैंकर्स क्लबद्वारा आयोजित फुटसल प्रतियोगिताको उपाधि एनआइसी एसिया ब‌ैंकलाई


३ आश्विन २०७९, सोमबार १९:४९ मा प्रकाशित

झापा । बिर्तामोड बैंकर्स क्लबले आयोजना गरेको फुटसल प्रतियोगितामा एनआइसी एसिया बैंक विजयी भएको छ । ‍

बिर्तामोडको एबसोल्युट फुटसलमा आयोजित प्रतियोगितामा सनराइज बैंकलाई २–० गोल अन्तरले हराउँदै एनआसी एसिया बैंक विजयी भएको हो ।

दसैंलगायत चाडको शुभकामना आदानप्रदान तथा संविधान दिवसको अवसर पारेर अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन एक्सेल डेभेलप्मेन्ट बैंकका सिइओ डा. इन्द्रकुमार कट्टेलले गरेका थिए । उक्त प्रतियोगितामा सबभन्दा बढी गोल सिद्धार्थ बैंकका रोशन श्रेष्ठले गरेका थिए । उनले नौ गोल गरेका हुन् ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर सनराइज बैंकका सागर कार्की घोषित भए भने उत्कष्ट खेलाडी एनआइसी एसिया बैंकका सबर श्रेष्ठ घोषित भए ।

उक्त एकदिने प्रतियोगितामा १५ वटा बैंकले भाग लिएका थिए । प्रतियोगिता च्याम्पियन एनआइसी एसिया बैंकलाई ट्रफी सिद्धार्थ बैंकका प्रादेशिक प्रमुख सुवास श्रेष्ठले प्रदान गरेका थिए ।

प्रतियोगिताको सेमीफाइनलमा एनआइसी एसिया, प्रभु, एनएमबी तथा सनराइज बैंक पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here