काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा घरेलु टोली नेपाल र बंगलादेश भिड्ने छन् ।
नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।
महिला साफले सोमबार नयाँ च्याम्पियन टोली समेत पाउनेछ ।
पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो ।
नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको छ ।





