वाग्मती धाप परियोजनाको काम ९८ प्रतिशत सकियो


३ आश्विन २०७९, सोमबार १३:०८ मा प्रकाशित

काठमाण्डौ । वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आउँदो कात्तिकदेखि वाग्मती नदीमा सफा पानी बग्ने भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने वाग्मती धाप परियोजनामा जम्मा गरिएको पानी आउँदो असोज २९ गतेपछि वाग्मती नदीमा पठाउने तयारी भइरहेको छ ।

यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो ।

उपत्यकाको उत्तरपश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात १५८ रोपनीमा फैलिएको छ ।

सन् २०१५ देखि ड्यामको काम सुरु गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here