काठमाडौँको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार महानगरले फेरी डोजर चलाएको छ ।
केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो ।
सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ ।
महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो क्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ ।





