काठमाडौं । धनगढीमा ८ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएको छ ।
अस्पतालले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो ।
उनी गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत छन् ।
डा केसीको स्वास्थय अवस्था नाजुक, अन्यत्र रिफर गर्न अस्पतालको सुझाव
३ आश्विन २०७९, सोमबार १२:१२ मा प्रकाशित





