६ सुत्रीय माग राख्दै डा. केसी आजदेखि अनशन बस्दै


२७ भाद्र २०७९, सोमबार १२:०२ मा प्रकाशित

काठमाडौं । ६ सुत्रीय माग राख्दै डा. गोविन्द केसीले आजबाट अर्को अनशन सुरू गर्नुहुने भएको छ ।

आमरण अनशन बस्नका लागि उहाँ धनगढी जानुभएको छ ।

डा. केसीले ६ बुँदे माग अघि सार्दै सरकारलाई आजैसम्मको अल्टिमेटम दिनुभएको थियो ।

सरकारले माग पूरा नगरेको भन्दै उहाँले २० औं अनशन सुरू गर्न लाग्नु भएको हो । उहाँ आज बेलुकी ५ बजेबाट धनगढीमा अनशन बस्ने बताइएको छ ।

डा. केसीका मागः

१) स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्।

२) जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरियोस्।

३) संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्।

४) सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्।

५) स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्।

६) देशभर दिगो स्वास्थ्य सेवा पुर्‍याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here