काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगाएतको बिकास हुने बताउनुभयो । आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले अहिलेको निर्वाचन समान्य निर्वाचन नभएको र देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको धारणा राख्नुभयो ।
उहाँले पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप लगाउँदै अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन नहुने उल्लेख गर्नुभयो ।
ओलीले अबको निर्वाचन एमालेको पक्षमा नआए देश बर्बाद हुने समेत बताउनुभयो ।





