महिला साफ च्याम्पियनसिप फुटबलः नेपाल र श्रीलंका भिड्दै


२७ भाद्र २०७९, सोमबार ०९:४६ मा प्रकाशित

काठमाडौं । नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

यसअघि  नेपालले भुटानमाथि ४–० गोलको जित निकालेको थियो ।

सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोलको सहयोगमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसीपमा विजयी सुरुवात गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here