मौसमः तीनवटा प्रदेशका केही स्थानमा भारी बर्षाको संभावना


२७ भाद्र २०७९, सोमबार ०७:२५ मा प्रकाशित

काठमाडौं । सोमबार तीन प्रदेशका केही स्थानमा भारी बर्षा हुने संभावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा सोमबार दिउँसो भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुभान महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षा हुने स्थानमा बाढी तथा पहिरोको जोखिम रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ। राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा  मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here