सत्ता गठबन्धनमा अझै फुकेन भागबन्डाको गाँठो, आज पुनः बैठक बस्दै


२७ भाद्र २०७९, सोमबार ०७:३१ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनमा चुनावी भागबन्डाको गाँठो अझै फुक्न सकेको छैन ।

चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन ।

आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन नसकेपछि चुनावी अभियान नै प्रभावित बनेको छ ।

गठबन्धनभित्र देखिएको भागबण्डाको किचलोले संभावित उमेद्वारहरुले के भनेर मदतादासँग जाने भन्ने बाटो पाएका छैनन् ।

बैठकले सिट बाँडफँट नटुंगिएपछि सोमबार पुनः बैठक बस्ने गरी सकिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

छलफल गरेर निष्कर्षमा पुग्ने भनिए पनि आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्रै पेश गरिएको खनालले बताउनुभयो ।

बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here