नेपालमा कोरोना संक्रमण दर घट्दै


२६ भाद्र २०७९, आईतवार १९:०५ मा प्रकाशित

काठमाडौँ ।   नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ९२ पिसिआर परिक्षणका क्रममा ८९ जना र १ हजार ९ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २ सय १ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ३ सय १६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here