शिरिष फाउण्डेशनद्धारा बक्सिङ्ग खेलाडी सुष्मा तामाङ्गलाई सहयोग गर्ने सम्झौता


२६ भाद्र २०७९, आईतवार १८:५५ मा प्रकाशित

काठमाडौं ।   पौडी खेलाडी शिरिष गुरुङ्गको नाममा स्थापना गरिएको शिरिष फाउण्डेशनले बक्सिङ्ग खेलाडी सुष्मा तामाङ्गलाई सहयोग गर्ने सम्वन्धमा सम्झौता गरेको छ ।

आइतबार काठमाडौंमा भएको सम्झौता पत्रमा फाउण्डेशनका तर्फबाट कोषाध्यक्ष एवं शिरिषका आमा सपना गुरुङ्ग र खेलाडी सुष्मा तामाङले हस्ताक्षर गर्नुभएको हो । सम्झौता पत्रका अनुसार फाउण्डेशनले सुष्मालाई प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल पोशाक उपलब्ध गराउने, उक्त पोशाकमा फाउण्डेशनले तेश्रो पक्षको लोगो भएको पोशाक समेत उपलब्ध गराउन सक्ने लगायतका छन् ।

त्यस्तै प्रशिक्षण तथा प्रतियोगिताको दौरान घाईते भएको अवस्थामा अन्य तेश्रो पक्ष वा अस्पतालसंग संझौता गरि उपचारको ब्यवस्था गर्ने, हौशलाका लागि मासिक १५ हजार उपलब्ध गराउने, अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल सामाग्री उपलब्ध गराउने लगायत सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा सुष्माले खेलाडी शिरिषले आफू जस्तै उदियमान खेलाडीहरुलाई हौशला तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले भएका कामले खेलाडीहरुको मनोबल बढ्नुका साथै खेलको स्तर बृद्धि हुने बताउनुभयो ।

सम्झौता हाललाई १ बर्षका लागि कायम रहने र उत्कृष्ठ खेल प्रदर्शन गरेको खण्डमा दुवै पक्षको सहमतीमा करार अवधि थप गर्न सकिने जनाईएको छ । यस अघि फाउण्डेशनले उसुकी साग स्वर्ण पदकधारी निमा तामाङसंग सम्झौता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here