नागरिकता विधेयक खारेजको माग राख्दै अनेरास्ववियुद्धारा प्रदर्शन


२६ भाद्र २०७९, आईतवार १८:१७ मा प्रकाशित

काठमाडौँ ।   नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले नागरिकता विधेयक खारेज गर, नागरिकता बेच्न पाईदैन, दलालहरु होसियार लगायतका नारा लगाएका थिए । अहिलेका नागरिकता विधेयकले बिदेशीहरुलाई नागरिकता दिने बाटो खुल्ला हुने भएकाले खारेज गर्नुपर्ने अनेरास्ववियुको भनाइ छ ।

यसअघि आइतबार नै नेविसंघले नागरिकता बिधेयक पारित गर्नुपर्ने भन्दै त्रिचन्द्र क्याम्पस अगाडी नै प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here