सत्ता गठबन्धनः सिट बाँडफाँटमा सकस


२६ भाद्र २०७९, आईतवार १६:२७ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा आधारित भएर थप सहमति खोज्ने प्रयास गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धन बैठकमा कार्यदलले बुझाइको प्रतिवेदनमाथि छलफल भएको र सिट बाँडफाँटमा नमिलेका बिषयमाथि सहमति खोज्ने प्रयास भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

कार्यदलले केही कुरा मिलाएको र धेरै बिषय मिलाउन बाँकी रहेको उहाँको भनाइ छ । खनालले सोमबार बैठक बसेर अधिकांश बिषय टुङ्गो लगााउने जानकारी दिनुभयो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन शिर्ष तहमा बुझाएको थियो । तर पटक पटक छलफल हुँदा पनि गठबन्धनले सिट बाँडफाँटलाई अन्तिम रुप दिन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here