मुलुकलाई बिकासको बाटोमा अघि बढाउनुपर्छ : प्रचण्ड


२३ भाद्र २०७९, बिहीबार १९:२५ मा प्रकाशित

काठमाडौँ ।    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पुरा गर्दै मुलुकलाई बिकासको बाटोमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पुर्वाधार सम्मेलनमा प्रचण्डले मुलुक शान्ति र स्थीरताको युगमा प्रवेश गरेको र विकासका लािग सकारात्मक वातावरण बनेको समेत बताउनुभयो ।

बिकासका लागि छिमेकी र अन्तराष्ट्रिय मित्रहरुसंगको सम्बन्धलाई विस्तार गर्दै लगिएको उहाँले बताउनुभयो ।

प्रचण्डले आगामी निर्वाचनपछि यसअघि आफ्नो सम्पूर्ण ध्यान आर्थिक बिकासका लािग ध्यान केन्द्रीत गर्ने बताउनुभयो । त्यसका लागि ऐन कानूनमा सुधार संशोधन सहित राजनीतिक पार्टीसंगको सहकार्यसहित आर्थिक बिकासलाई नयाँ ढंगले माथि उठाउने उहाँले बताउनुभयो ।

उहाँले अहिले भौतिक पूर्वाधारमात्रै नभइ डिजिटल पूर्वाधारका पनि निकै महत्वपूर्ण भएको भन्दै यसमा सिएनआइले खेलेको भूमिकाको प्रसंसा गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here