काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको छ।
लामिछानेमाथि अनुसन्धान गर्न अदालतले पक्राउ पुर्जी जारी गरेपछि क्यानले बिहीबार उनलाई निलम्बन गरेको हो।
उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ ।
गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।





