मुलकको हितका लागि दिर्घकालिन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक छ : झाँक्री


२३ भाद्र २०७९, बिहीबार १९:०८ मा प्रकाशित

काठमाडौँ ।    नेकपा एकीकृत समाजावादीको सचिव रामकुमारी झाँक्रीले मुलकको हितको लागि दिर्घकालिन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

बिहिवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा वोल्दै झाँक्रीले देशको विकास समृद्धिका लागि गठबन्धनले जीत हासिल गर्नुपर्ने समेत बताउनुभयो । उहाँले एमालेले ल्याएका पानी जहाज, रेल जस्ता हावादारी गफमा जनताले विश्वास नगर्ने बताउँदै देशको विकास, सम्वृद्धिलाई सर्वोपरी ठान्ने नेतालाई जनताले मत दिने जिकिर गर्नुभयो । विकास समृद्धिका लागि विश्वको थुपै मुलुकहरुले पनि गठबन्धन प्रकृया अगाँलेको भन्दै उहाँले बताउनुभयो ।

साक्षात्कारमा काँग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले जनताको दिएको दुई तिहाई मतको कदर गर्न नसेकेर कर्तव्यच्युत भएको एमालेलाई आगामि निर्वाचनमा जनताले हैसियत देखाइदिने तर्क गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here