अत्याचारको बिरुद्ध शसक्त रुपमा आवाज उठाउछौँ : माधव नेपाल


२० भाद्र २०७९, सोमबार १६:४१ मा प्रकाशित

काठमाडौँ ।    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिभिन्न समूदायलाई हुने अत्याचारको बिरुद्ध पार्टीले शसक्त रुपमा आवाज उठाउने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले राज्यप्रणालीमा देखिएका बिकृतिबिरुद्ध जुध्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि आफ्ना पार्टी अग्रपंक्तिमा उभिने बताउनुभएको हो । उहाँले महिला हिंसा अन्त्य, गरिवीमा रहेका समूदाय, अल्पसंख्यक लगायतका बिषयमा पार्टीको बिशेष ध्यान जाने जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले पार्टी संगठन मात्रै बनाएर नपुग्ने भन्दै जनतामा चेतना जगाएर आन्दोलित गर्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले वास्तविक कम्युनिष्ट बिचार बोकेर हिड्ने आफ्नो मात्रै पार्टी भएको दावी गर्नुभयो ।

त्यस्तै एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीलाई रुपान्तरण गर्न सबै दृढ भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले अनुभव र क्षमताका आधारमा पार्टीमा आएका व्यक्तिहरुलाई सम्मानजनक स्थान दिईने धारणा राख्नुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेता रणबहादुर रम्तेललाई एकीकृत समाजवादीमा प्रवेश गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here