काठमाडौं उपत्यकामा शुक्रबार मनाईने इन्द्रजात्राको तयारी तीव्र


२० भाद्र २०७९, सोमबार १५:३८ मा प्रकाशित

काठमाडौं ।   काठमाडौं उपत्यकामा शुक्रबार मनाईने इन्द्रजात्राको तयारी तीव्र पारिएको छ ।

इन्द्रजात्राका लागि काठमाडौंको हनुमानढोकामा रहेको गद्दी बैठकमा रङ्गरोहनका कार्य भइरहेको छ भने कुमारी घर र मठमन्दिर लगायतमा साजसज्जाका कार्य भइरहेको छ । त्यस्तै इन्द्रजात्रामा कुमारी, भैरव र गणेशका रथलाई पनि तयारी अवस्थामा राखिएको छ ।

भाद्र २२ गते बिहानको शुभ साइतमा इन्द्रध्वज (यःसिँ) उठाएपछि विधिवत् रूपमा सुरु हुने जात्रा २४ गते इन्द्रजात्राका दिनमा राष्ट्रपति लगायतका उच्च पदस्थ व्यक्तीहरु सहभागी भई जात्रा अवलोकन गर्ने परम्परा छ । जात्रा भदौ २९ गते समापन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here