काठमाडौँ । नेपालमा थप दुई सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको एक हजार पाँच सय १९ पिसिआर परिक्षणका क्रममा एक सय २२ जना र दुई हजार पाँच सय ३९ एन्टीजेन परिक्षणका क्रममा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप दुई सय ६ संक्रमित निको भएका छन् । हाल नेपालमा दुई हजार चार सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।





