महानगरद्धारा काठमाडौंको नयाँ बसपार्क वरपर निर्माण गरिएका अनधिकृत संरचना हटाइयो


२० भाद्र २०७९, सोमबार १५:३० मा प्रकाशित

काठमाण्डौ ।  काठमाण्डौ महानगरपालिकाले काठमाडौंको नयाँ बसपार्क वरपर निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।

सोमबार महानगरको टोलीले सडक फुटपाथ मिचेर नक्सा बिपरित बनाएका संरचना हटाएको हो । सो क्रममा महानगरले सडक व्यापार समेत अटाएको छ । जथाभाबी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचनाले अस्तव्यस्त भएको भन्दै महानगर एक्सनमा उत्रेको हो ।

यसअघि महानगरले आइतबार काठमाडौंको कोटेश्वरमा रहेका अनधिकृत संरचना हटाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here