झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको झापा ५ को क्षेत्रीय कमिटीले झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्न उम्मेदवारीका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
सोमबार झापाको दमकमा बसेको क्षेत्रीय कमिटी बैठकले झापा ५ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारीका लागि ओलीको नाम सिफारिस गरेको क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिनुभयो ।





