झापा १ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनमा भिड्न रविन कोइरालाको नाम सर्वसम्मत सिफारिस


२० भाद्र २०७९, सोमबार १३:२३ मा प्रकाशित

झापा । नेकपा एमालेले झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्न रविन कोइरालाको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

२०७० सालको संविधान सभा निर्वाचनमा कोइरालाले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मालाई हराउनु भएको थियो ।

उम्मेदवारको आकांक्षीबाट निवेदन माग गर्दा कोइराला बाहेक कसैको पनि निवेदन नपरेको एमालेको क्षेत्रीय कमिटीले जनाएको छ ।

कोइराला पार्टीका केन्द्रीय सदस्य र झापाका सहइन्चार्ज हुनुहुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here