खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
हिजो बेलुका साढे ५ बजे नेपाल बिधुत प्रधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दित्तेल रुपाकोट मझुवगढी ४ का ४० बर्षीय नबिन्द्र राईलाई तीनधारे स्थितमा बिधुतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।
घाईते राईको स्थानिय सनराईज हस्पिटल बुईपामा उपचारको क्रममा मृत्यु भएको हो ।





