स्रोत नखुलेको करिब ११ लाख रुपैयाँसहित झापाको मेचीनगरबाट दुई जना पक्राउ


२० भाद्र २०७९, सोमबार १०:३८ मा प्रकाशित
झापा । झापाको मेचीनगर नगरपालिका-१५ बाट स्रोत नखुलेको रकम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान ११ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजबंशीको घर कोठा खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय नेपाली रुपैया र डिजिटल मिनी तराजु दुई थान बरामद गरेको हो ।
स्रोत नखुलेको रकम र समान बरामद भए संगै राजबंशी र संकित अवस्थामा सोही घरमा रहेका स्थानिय ४३ बर्षीय मोहमद मोसाद आलमसमेतलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here