सुरक्षागार्डले दुर्व्यवहार गरेको घटनाको सत्यतथ्य बुझेरमा मात्र प्रतिक्रिया दिन आग्रह


२० भाद्र २०७९, सोमबार ०९:१९ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागकिरक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सुरक्षागार्डले आफूमाथि दुर्व्यवहार गरेको घटनाको सत्यतथ्य बुझेरमा मात्र प्रतिक्रिया दिन आग्रह गर्नुभएको छ ।

उहाँले सबै नेता, मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउनुभएको छ ।

आइतबार छाया सेन्टरमा आफू लाइनमै रहेको समयमा आफ्नो सक्युरिटीमाथि दुर्व्यवहार गरिएको भन्दै मन्त्री श्रेष्ठले आमरुपमा आएको प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको बताउनुभयो।

मन्त्रीलाई लाइनमा बस्न लगाउने सुरक्षा गार्ड प्रहरी हिरासतमा पुगेको समाचार आइतबार प्रकाशित भएपछि मन्त्री श्रेष्ठको आलोचना भइरहेको छ ।

सोही विषयमा उहाँले सामाजिक सञ्जालमार्फत आफूलाई लाइनमा बस्न भनेकाले नभएर दुर्व्यवहार गरेकाले सुरक्षा गार्ड पक्राउ परेको प्रतिक्रिया दिनुभएको हो ।

“पब्लिकको प्रतिकृया स्वभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो,” मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन र सबै नेता÷मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here