पाँचथरमा हत्याकाण्डको शिलशिला रोकिएन, घाँटी रेटेर किशोरीको हत्या


४ असार २०७६, बुधबार १६:०५ मा प्रकाशित

जितेन्द्र भण्डारी

पाँचथर । पाँचथरको दक्षिणी भेग मिक्लाजुङमा नौ जनाको हत्या भएको एक महिना नबित्दै पाँचथरको हिलिहाङ गाँउपालिका–६, साविक भारपा–१ मा किशोरीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

एनएमबी माइक्रोफाइनान्स हिलिहाङ–३ गोपेटार शाखामा कार्यरत इलाम घर भएकी २१ वर्षीया सुजाता तामाङको शव मंगलबार गएराती चित्ते भन्ने स्थानमा जङगलको गोरेटो बाटोमा शव फेला परेको हिलिहाङ गाँउपालिका–६ का वडाध्यक्ष कृष्ण यवाले वताए ।

वडाध्यक्ष यवाका अनुसार किशोरीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । घटना स्थलमा अहिले जोरपोखरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलयको प्रारम्भिक अनुसन्धानबाट युवतिको साथमा भएको नगद ७८ हजार ५ सय रुपैँया हत्यामा संलग्नहरुले लगेको खुल्न आएको छ । युवतिको हत्या लुटपाटकै लागी गरिएको हो कि अन्य कारण पनि हो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

युवतीको शव पोष्टमाटमको लागी मंगलबार राति जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ । युवतीको शवलाई उनको आफन्तहरु इलामबाट आए पछि पोष्टमाटम गरिने प्रहरीले बताएको छ । युवतिको स्थायि ठेगाना इलामको माइजोगमाई गाँउपालिका रहेको छ । उनि केहि समय दखि फाइनान्समा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन ।

हत्यामा संलग्न हरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here