उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ भुल्के लाटी खोलामा टिप्परको ठक्करबाट मोटर साइकलमा सबार दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।
निर्माणधिन मदनभण्डारी राजमार्गमा प्रयोग भएको टिप्परको ठक्करबाट चौदण्डीगढी नगरपालिका ७ का बर्खेडाँडा बस्ने ४६ वर्षे खगेन्द्र राई र ४५ वर्षे जीवन राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।
बसाहाबाट वेल्टार बजार जाँदै गरेको बा.२ क ७०९ नम्वरको टिपरले स.४ प ३६१ नम्वरको मोटसाईकललाई ठक्कर दिएको थियो । टिप्पर चालक र सहचालक फरार भएकाले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । निर्माणधिन मदनभण्डारी लोकमार्गको पुलको ठेक्का लिएको रसुवा जेभि कन्ट्रक्सनको टिप्पर भएको पुष्टी भएको प्रहरीले जानकारी दिएको छ ।
फरार रहेका चालक चितवन भण्डारका २६ वर्षिय सरोज प्रजा रहेको कन्ट्रक्सनले जनाएको छ । चालु आर्थिक वर्षमा उदयपुरका टिप्पर र ट्रकबाट १३ जनाको मृत्यु भई सकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ ।





