काठमाडौँ । सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल लागि सबै निर्वाचन क्षेत्रको अवस्थाका बारेमा प्रतिवेदन बुझाउन मातहतको कार्यदललाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले १६५ निर्वाचन क्षेत्रको अवस्थामा बारेमा प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिइएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो ।
अब कार्यदल बसेर सबै निर्वाचन क्षेत्रको अवस्थामा बारेमा भएको छलफलको प्रतिवेदन तयार गरि शिर्ष तहमा बुझाईने उहाँले बताउनुभयो । कार्यदलले सिट बाँडफाटमा दलहरुले गरेको दावी समेत शिर्ष तहलाई बुझाईने तयारी गरेको छ । कार्कीले छिटै सिट बाँडफाट बिषय टुङ्गोमा पुग्ने दावी गर्नुभयो ।
यसअघि सिट बाँडफाँट बिषयमा कार्यदलमा सहमति जुटाउन नसकेपछि शिर्ष तहमा नै छलफल भएको थियो । तर शिर्ष तहमा पनि सिट बाँडफाँटमा कुरा नमिलेपछि पुन कार्यदललाई नै प्रतिवेदन तयार गर्न निर्देशन दिइएको नेताहरुले जनाएका छन् ।





