युक्रेनको रेल स्टेशनमा मिसाइल आक्रमण हुँदा २२ जनाको मृत्यु


९ भाद्र २०७९, बिहीबार १२:५४ मा प्रकाशित

काठमाडौं ।   रुसले युक्रेनको एक रेल स्टेशनमा मिसाइल आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको र कयौँ मानिस घाइते भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।

पूर्वी सहर च्यापलिनमा भएको आक्रमणमा एक ११ वर्षीय बालकसहित ५ जनाको एउटै गाडीमा जलेर मृत्यु भएको छ । अधिकारीहरुका अनुसार त्यहाँ चारवटा गाडी जलेका छन् भने हताहत हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पुगेकै दिन रेल स्टेशनमा मिसाइल आक्रमण भएको हो ।

युक्रनेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको जानकारी दिँदै ५० जनाभन्दा बढी घाइते भएको बताए । आक्रमणबारे रुसले कुनै प्रतिक्रिया सार्वजनिक नगरेको बीबीसीले उल्लेख गरेको छ । रुसले आम नागरिक भेला भएका ठाउँमा आफ्नो सैनिकले आक्रमण नगर्ने दाबी गर्दै आएको छ ।

यसअघि गत अप्रिलमा एक रेल स्टेशनमा भएको मिसाइल आक्रमणमा ५० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here