काठमाडौँ । नेकपा (एमाले) को पोलिटब्युरो बैठक जारी छ ।
ललितपुरको च्यासलस्थीत पार्टी कार्यालयमा जारी बैठकमा आगामी निर्वाचनको रणनीति र पार्टीको आन्तरिक बिषयमा छलफल भइरहेको एमालेले जनाएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन् ।
एमालेले भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ । निर्वाचनको तयारीमा जुटेको एमालेले यसअघि नै अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी र घोषणापत्र मस्यौदा समिति पनि गठन गरिसकेको छ ।





