काठमाडौँ । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिनेले अनिवार्य रुपमा सम्पत्ति विवरण बुझाउनु पर्ने प्रस्ताव निर्वाचन आयोगले गरेको छ ।
निर्वाचनका लागि बनाइएको आचार संहितामा आयोगले यस प्रकारको व्यवस्था राखेको हो ।
आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले सरोकारवालासँगको छलफलपछि आएका सुझावअनुसार थप केही व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
यसअघि उम्मेदवारले अचल सम्पत्तिको विवरण राख्ने व्यवस्था राखिएकोमा अब उक्त व्यवस्था परिमार्जन गर्न लागिएको हो।
यो व्यवस्थापछि उम्मेदवारले चल, अचल सबै सम्पत्ति विवरण पेस गर्नुपर्ने हुन्छ।





