चारपानेमा ‘बडी ग्यारेज’ को शाखा सञ्चालनमा


३ भाद्र २०७९, शुक्रबार १९:०३ मा प्रकाशित

बिर्तामोड । झापाको चारपानेमा ‘बडी ग्यारेज’ को शाखा सञ्चालनमा आएको छ । मिस्टर नेपालका उपाधि विजेता गोल्ड मेडलिस्ट राम दाहालले ५५ लाख रुपैयाँको लागतमा चारपानेमा ‘बडी ग्यारेज’ को शाखा सञ्चालनमा ल्याएका हुन् ।

चारपानेमा सञ्चालनमा ल्याएको ‘बडी ग्यारेज’ को शाखामा जीमअन्तर्गत वेट ट्रेनिङ, कार्डियो ट्रेनिङ, पर्सनल फिजिकल ट्रेनिङ, जुम्बाको ट्रेनिङ ,फिटनेश लगायत गरिने सञ्चालक राम दाहालले बताए । चारपानेमा ‘बडी ग्यारेज’ को शाखा सञ्चालनमा आएको अवसर पारेर कक्षा सञ्चालन भएको एक सातासम्म छुटको व्यवस्था गरिएको उनले बताए ।

सञ्चालक राम दाहालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड –२ का वडाध्यक्ष किशोर पौडेलले स्वागत गरेका थिए ।

कार्यक्रममा सहभागी बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौला , जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, हिमालय किङ्डम नेप्लिज फाउन्डेसन अफ बडीबिल्डिङ एन्ड फिटनेसका केन्द्रीय सदस्य दिपेन चौधरीलगायतले बडी ग्यारेजको सफलताका लागि शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन ‘बडी ग्यारेज’ सञ्चालन समितिका सचिव दुर्गाराज निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here