कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरु एक हुनुपर्छः प्रचण्ड


३ भाद्र २०७९, शुक्रबार १६:०२ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरु एक हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा वाइसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै प्रचण्डले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन र कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरु एक हुनुपर्ने बताउनुभएको हो ।

उहाँले माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न नसक्ने र परिवर्तनका बाहकहरुलाई पन्छाएर मुलुकको बिकास असम्भव रहेको जिकिर गर्नुभयो ।

अहिले संघर्षतिरभन्दा पद पाउनका लागि प्रतिस्पर्धा हुन थालेको उहाँको भनाइ छ । प्रचण्डले राष्ट्रलाई एकतावद्ध गरि सुशासन र बिकासलाई इमान्दारीपूर्वक रुपमा अघि बढाउन युवाहरुको एकतावद्ध सहभागीता अनिवार्य रहेको जिकिर गर्नुभयो ।

प्रचण्डले पार्टीभित्र देखिएका बिचलनलाई सुधार्नका लागि महत्वपूर्ण योगदान गर्न आग्रह गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here