झापा । भगवान श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा झापाको बिर्तामोडमा राधा-कृष्णको प्रतिमामा महाभिषेक गरिएको छ ।
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ बिर्तामोडले आयोजना गरेको दुई दिने कार्यक्रम अन्तर्गत पहिलो दिन शुक्रबार राधाकृष्णको प्रतिमामा महाभिषेक गरिएको हो ।
कार्यक्रममा भक्तालुहरूले उक्त महाभिषेकमा श्रद्धापूर्वक सहभागिता जनाएका थिए । प्रथम दिवसीय कार्यक्रम अन्तर्गत बिहान दर्शन आरती, गुरु पूजा, भजन किर्तन, कृष्ण कथा, राजभोग आरती र अपरान्हमा महाभिषेक तथा प्रसाद ग्रहण कार्यक्रम सम्पन्न गरिएको थियो ।
शनिवार पनि विविध कार्यक्रमको आयोजना गरिएको अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ बिर्तामोडले जनाएको छ ।





