काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी चयन गर्न ढिलाइ गरेको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा पदाधिकारी चयनका बारेमा छलफल भए पनि टुङ्गोमा पुग्न नसकिएको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।
महराले शनिबार १ बजे बस्ने बैठकले पधिकारीलाई अन्तिम रुप दिने दाबी गर्नुभयो । पदाधिकारीसम्बन्धी छलफलका विषय बाँकी नरहेको र प्रचण्डको कार्यव्यस्तताले शुक्रबार निर्णय गर्न नसकेको उहाँको भनाइ छ ।
गत पुसमा आठौँ महाधिवशेन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन । केही दिनअघि बसेको बैठकले ४१ सदस्यीय स्थायी कमिटी, एकसय २५ सदस्यीय पोलिटब्यूरो र तीनसय ७५ सदस्यीय केन्द्रीय कमिटीको टुङ्गो लगाएको थियो ।





