प्रदेश एक सरकारको बजेट :४२ अर्ब २० करोड (पूर्णपाठ सहित)


१ असार २०७६, आईतवार २०:३० मा प्रकाशित

विराटनगर । प्रदेश एक सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्ब २० करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।
आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्वोले पेस गरेको बजेटको चालूतर्फ १८ अबै ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत र पूँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ  ८ करोड विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरिएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगको मापदण्ड समेतको आधारमा स्थानीय तहलाई राजस्व बँ“डफा“ड बापत एक अर्ब ३ करोड उपलब्ध गराउने, साथै प्रत्येक स्थानीय तहलाई न्यूनतम ५० लाख पर्ने गरी एक अर्ब समानीकरण अनुदान उपलब्ध गराइने अनुमन गरिएको छ ।स्थानीय तहहरुको साझेदारीमा आयोजनाहरु कार्यान्वयन गर्न एक अर्ब ५० करोड समपुरक अनुदान, सशर्त अनुदान ७५ करोड र विशेष अनुदान ५० करोड विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षको नगद मौज्दात करिब ६ अर्ब ६१ करोड रहने पूर्वानुमान गर्दै आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट प्रस्तुत गरेका छन् । बजेटको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बा“डफा“डबाट १० अर्ब ५२ करोड र अनुदानबाट रु. २१ अर्ब २१ करोड व्यहोरिने उल्लेख छ ।

प्रदेश एक सरकारको बजेट पुर्ण पाठ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here