मिस टिन प्रदेश १ को छनौट सुरु


१ असार २०७६, आईतवार २२:०९ मा प्रकाशित

झापा । मिस टिन प्रदेश १ को छनौट सुरु भएको छ ।

वीरता जेसीज र बिर्ता मिडियाको संयुक्त आयोजनामा पाचौं सम्स्करणको छनौट बिर्तामोडस्थित रेड मग क्याफेमा एक कार्यक्रमका बीच सुरु भएको हो ।

१३ देखि १९ वर्षसम्मका किशोरी सहभागी हुन पाइने कार्यक्रममा प्रथम चरणमा ११ जना छानिएका छन् । मिस टिन प्रदेश १, २०१८ रुक्सुम गुरागार्इ, मोडल तथा कोरियोग्राफर स्वेता केसी, वीरता जेसीस वर्ष २०१९ का अध्यक्ष विशाल थापा, नृत्य निर्देशक सुरज मगर तथा बिर्ता मिडियाका संस्थापक संयोजक राज लावतीको निर्णायक मण्डल रहनुभएको थियो ।

यसपछि इलाममा असार ४ गत, दमकमा असार ५ गते, इटहरीमा असार ६ र अन्तिममा फेरि बिर्तामोडमा असार ७ गते अडिसन हुने बिर्ता मिडियाका संस्थापक एलसी श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here