झापाको मेचीनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


२६ श्रावण २०७९, बिहीबार १७:०३ मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगरमा विहीबार विहान भएको सवारी दुर्घटननामा परी झापा मेचीनगर —६ काँकरभिट्टाका अन्दाजी ४० वर्षीय चेतनाथ फूयाँलको उपचारका क्रममा निधन भएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले यसको पुष्टि गरेको छ । प्रहरीका अनुसार काँकरभिट्टा बसपार्कबाट पशिचमतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख १६०२ नम्बरको यात्रुवहाक उरिता यातायातले पूर्व —पश्चिम लोकमार्ग अन्तर्गत काँकरभिट्टा सडकखण्डको मेचीनगर ६ पुरानो भन्सारमा विहान पौने ९ बजेतिर पैदलयात्री फूयाँलालाई ठक्कर दिइएको थियो ।

बाटो काट्ने क्रममा बसको ठक्क्रबाट गम्भीर घाइते भएका फूयाँलाई उपचारकालागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा दिउँसो साढे २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करदिने बससहित चालक गौरीगञ्ज —४ का २४ वर्षीय प्रकाश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रहरी नियन्त्रणमा रहेका कार्कीसँग घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here