आफ्ना मागका बिषयलाई उठाउँदा पठनपाठनमा असर नपार्न प्राध्यापक संघलाई देउवाकोे आग्रह


२६ श्रावण २०७९, बिहीबार १७:४३ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्ना माग र हकहितका बिषयलाई उठाउँदा विश्वविद्यालयको पठनपाठनमा पर्न सक्ने असरप्रति ख्याल गर्न आग्रह गर्नुभएको छ ।

नेपाल प्राध्यापक संघको ६० औं वार्षिक दिवसका अवसरमा बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले आफ्ना माग र हकहितका बिषयलाई उठाउँदा जिम्मेवार भएर विश्वबिद्यालयको पठनपाठनमा कुनै आँच आउन नदिन तथा शैक्षिक क्यालेन्डरमा असर नपार्न आग्रह गर्नुभएको हो ।

विश्वविद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनुपर्ने उहाँको भनाइ छ । त्यस्तै उहाँले विश्वविद्यालयका समस्या र चुनौतीहरूलाई आपसी सम्वाद र समन्वयबाटै समाधान गर्नुपर्ने र यसमा प्राध्यापकहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले बिद्यार्थीहरुले पढ्न चाहेको बिषय नेपालमा नै पढाउनका लागि कतिपय कुराहरु सुधार गर्नुपर्ने गम्भीर चूनौतिमा रहेको बताउनुभयो । उहाँले विश्वबिद्यालयमा राजनीति भएर पठनपाठनमा समस्या भएको गुनासो आउने गरेको भन्दै सबै समस्याहरुलाई वार्ताबाटै हल गर्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्री पौडेलले प्राध्यापकको पेशागत हक हितका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here