थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि, पाँच जनाको मृत्यु


२६ श्रावण २०७९, बिहीबार १६:४५ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ४ सय ११ पिसिआर परिक्षणका क्रममा ४ सय ६५ जना र २ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८२ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ सय ७६ जनाको निको हुँदा हालसम्म नेपालमा ९ लाख ७४ हजार २ सय ९५ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ८ सय ६९ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here