निर्वाचनमा एक्लाएक्लै लडे एक्लै दुई तिहाई बहुमत ल्याउँछौँ : खगराज अधिकारी


२६ श्रावण २०७९, बिहीबार १५:१५ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले) का नेता खगराज अधिकारीले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत ल्याउने बताउनुभएको छ ।

रिपोटर्स क्लव नेपालले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा नेता अधिकारीले कांग्रेस एक्लै लड्न नसक्ने अवस्थामा पुगेको र यदि दलहरु एक्लाएक्लै लडे एमालेले दुई तिहाई बहुमत ल्याउने बताउनुभएको हो ।

नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिनुभयो । वर्तमान सरकारका कारण परराष्ट्र नीतिमा अहिले गम्भीर चूनौति खडा भएको, सार्कलाई रिभाईभ गर्न नसकेको लगाएतका आरोप लगाउँदै अब सबै विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले समयभित्रै नागरिकता विद्येयकको बारेमा आफ्नो निर्णय लिने पनि उहाँले बताउनुभयो ।

साक्षात्कारमा कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने दावी गर्नुभयो । एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको उहाँको भनाइ छ । यादवले नागरिकता विद्येयक पास दुवै सदनबाट भैसकेको र प्रमाणिकरणको लागि राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणिकरण गर्न आग्रह गर्नुभयो ।

यादवले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा तीन वर्षसम्म यसअघिको ओली सरकारले गर्न नसकेको काम गरेको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here