‘म’ ले पाईन भने जस्तोसुकै कुकर्म गर्न तयार हुने प्रवृति अन्त्य गर्नुपर्छ : माधव नेपाल


२६ श्रावण २०७९, बिहीबार १३:४८ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पद र पैसाका निम्ती आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताउनुभएको छ ।

बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ती जे पनि गर्ने प्रबृति आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताउनुभएको हो ।

‘म’ बाट सुरु गर्ने प्रवृति व्याप्त गरेको र ‘म’ ले पाईन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृतिलाई अन्त्य गरेरै छाड्नुपर्ने उहाँको भनाइ छ ।

सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्ने र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष नेपालले जनताका समस्याहरुलाई बुझ्ने गरि पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा पार्टीको प्रशिक्षणमा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here