काठमाडौं । सता समीकरणमा आफनो सहभागीता जनाउन समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नु भएको छ ।
बिहीबार बिहान हात्तीवनमा प्रचण्ड र नारायणकाजीसँग अध्यक्ष भट्टराईले भेटेको उनीनिकट नेता विश्वदीप पाण्डेले बताउनु भयो । पार्टी दर्तापछि उहाँले शीर्ष नेताहरुलाई संगको भेटलाई तिव्रता दिनु भएको छ । उहाँले प्रधानमन्त्री देउवा, प्रचण्ड लगायत लाई भेट गरी चुनावी तालमेल र गठबन्धनबारे छलफल गर्नु भएको श्रोतको भनाइ छ ।
जसपाबाट विभाजित भएर नयाँ दल दर्ता गरेपछि बाबुरामले आफ्नै पार्टी दर्ता गराउनु भएको हो ।
उहाँले सत्ता गठबन्धनको स्वभाविक हकदार भएकाले आफ्नो पार्टीलाई पनि गठबन्धनमै सामेल गराउनुपर्ने बताउँदै आउनु भएको छ । गठबन्धन र तालमेलबारे प्रचण्डसँगको भेटवार्ता सकारात्मक भएकाले त्यसलाई निरन्तरता दिने नेता पाण्डेले बताउनु भयो ।
बाबुरामलाई गठबन्धनमा ल्याउन माओवादी केन्द्रले चासो राखिरहेको छ । भने प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक देखीएको बुझीएको छ ।





